सरकारलाई दिएको सर्मथन फिर्ता तयारी: माओवादी स्थायी कमिटी बैठक बस्दै

सरकारलाई दिएको समर्थन फिर्ताका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे पार्टी बस्ने बैठकमा समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे पनि आज छलफल हुने बताइएको छ ।

कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

कांग्रेसले केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

कमेन्टहरु
Loading...