देशैभरिका विद्यालय आजदेखि सञ्चालन हुँदैछन् ।
वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि चार दिनसम्म बन्द गराएको थियो ।
शिक्षा मन्त्रालयले वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।
सरकारले निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।
सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।