ओलीलाई हटाएर नयाँ सरकार बनाउन माओवादीले भूमिका खेल्छः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माओवादी केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि निर्णायक भूमिका खेल्ने बताएका हुन् ।

कार्यक्रममा उनले आफ्नो लागि प्रधानमन्त्री हुनु ठूलो कुरा नभएर संविधान तथा लोकतान्त्रिक गणतन्त्रको रक्षा ठूलो भएको उनको स्पष्टोक्ति थियो । संविधान तथा लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको खण्डमा प्रधानमन्त्री हुनु नै ठूलो भनाएको उनले बताएका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली मधेश विरोधी भएको उनको आरोप थियो । ओलील अहिले सबै शक्ति आफूमा केन्द्रित गरेर नागरिकको पहिचान तथा अधिकार नै समाप्त बनाउने खेलमा लागिपरेको उनले आरोप लगाएका छन् ।

मधेशीको विरोधी हुँदाहुँदै पनि केही मधेशी नेता ओलीको पक्ष लागिरेको र त्यो सबै पद तथा शक्तिको लागि मात्र रहेको कार्यक्रममा प्रचण्डले बताएका छन् । मधेष्शी नागरिकले मधेशी नेतालाई ओलीसंग मिल्न नदिन दवाव सिर्जना गर्नु आवश्यक रहेकोमा उनको जोड छ ।

प्रचण्डले अबका दिनमा मधेशमा भएका भारतसंगको सीमा विवादलाई समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नयाँ सरकार बनेपनि आफू सधैं पहिचानको अधिकारका लागि लडिरहने उनले स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...