गण्डकीमा ‘अपाङ्गता समावेशी जनगणना २०२१ अभियान’ प्रारम्भ

 

राजु गिरी, पोखरा । 

गण्डकी प्रदेशमा अपाङ्गता समावेशी जनगणना २०२१ अभियान प्रारम्भ गरिएको छ । राष्ट्रिय अपाङग महासंघ नेपाल गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गरि अभियान प्रारम्भ भएको घोषणा गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ मा सबै अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्यांक ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान शुरु गरिएको महासंघ गण्डकीले जनाएको छ । विश्व स्वास्थ्य संगठन र यस क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विभिन्न समयमा गरेको सर्वेक्षण र अघिल्लो जनगणनाको तथ्यांकमा अपाङ्गताको सवालमा ठुलो भिन्नता रहेको महासंघको ठम्माई रहेको छ । तसर्थ यस अभियानले अब हुने जनगणनामा कोही पनि अपाङ्गता भएका व्यक्तिहरु गणना हुनबाट नछुटुन भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको आयोजकको भनाई छ ।

कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नबीनलाल श्रेष्ठले जनगणनाका अवधिमा परिवारले नै झुठो विवरण पेश गरिदिएमा सहि तथ्यांक निकाल्न गाह्रो हुने बताए । अपाङ्गताको पहिचान गरि जनगणनाका समयमा सहि तथ्यांक बताइदिन उनले आग्रह गरे । त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष मित्रलाल शर्माले गण्डकी प्रदेशमा शुरु गरिएको यो परियोजना कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

त्यस्तै परियोजनाले राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता समावेशी बनाउनका लागि विभिन्न कार्यहरु गरिने राष्ट्रिय अपाङग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...