कांग्रेसको कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आजको कार्यसमिति बैठकमा अन्तरपार्टी समायोजन समिति तथा क्रियाशील छानविन समितिले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । महामन्त्री खड्काका अनुसार आजको बैठकमा कुनै ठोस विषयमा छलफल हुने कार्यसुची तय भएको छैन । तर समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको महाधिवेशनका विषयमा सामान्य छलफल हुने उनले बताएका छन् ।

कमेन्टहरु
Loading...