आज राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गर्दै

काठमाडौं । मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज हुने भएको छ । आज दिउँसो २ बजे मेलम्ची खानेपानीको राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर उद्घाटन गर्ने भएकी हुन् । यस अगाडि मेलम्ची खानेपानीको २३ गते सोमबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर पानी वितरण भइसकेको र ढिलो गर्न नहुने भन्दै आजका लागि मेलम्ची खानेपानीको उद्घाटन गर्ने तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...