वेष्टर्न ओपन गल्फ, श्रेष्ठ एक स्ट्रोक अगाडि (भिडियो सहित)

पोखरा, १ माघ/नेपालका व्यवसायिक गल्फर शिवराम श्रेष्ठले दोस्रो दिन हिमालयन गल्फ कोर्षमा कम व्याक गर्दै शीर्ष स्थानमा उक्लिएका छन् । बुधबार उनले केवल दुई ओभर खेल्दै समग्रमा एकसय ४७ स्कोरको कार्ड बनाए । श्रेष्ठले अघिल्लो दिन सात ओभर खेल्दै निकै पछाडि परेका थिए ।

Shivaram Surya Nepal Western Open Nepal Golf Tour 2013-14 pokhara sports
Shivaram-Surya-Nepal-Western-Open-Nepal-Golf-Tour-2013-14-pokhara-sports

विश्वकै उत्कृष्ठ नमूना गल्फ कोर्षमा उनले १५ औं होलमा डबल बोगी खेपे भने १७ औं होलमा बर्डी हिर्काएका थिए । उनलाई अर्का व्यवसायिक गल्फर सन्जय लामाले पछयाई रहेका छन् । उनले पनि दोस्रो दिन लयमा फर्किदै दुई ओभर खेले । अघिल्लो दिन छ ओभर खेलेर पछि धेकेलिएका उनी दोस्रो दिनको खेल समाप्तीमा समग्रमा आठ ओभर १ सय ४८ स्कोरमा रहेका छन् ।

इष्टर्न गल्फ विजेता रवि खड्का भने तेस्रो स्थानमा रहेका छन् । उनी एकसय ५० स्कोरमा रहे । बुधबार उनले पनि आठ ओभर खेले । यद्यपी अघिल्लो दिन दुई ओभर खेल्दै उनलाई सम्मानजनक अवस्थामा रहेका हुन् । फ्रन्ट नाईटमाउनले एक अण्डर खेले पनि व्याक नाईनमा भने तीन स्ट्रोक बढी हिर्काएपछि दोस्रो दिन दुई ओभरमा खेल्दै टुंग्याएका थिए ।

रमेश नगरकोटी दुई दिनको खेल समाप्तिमा समग्रमा ११ ओभर खेल्दै एकसय ५१ को स्कोरमा छन् । उनले अघिल्लो दिनको भन्दा झुर प्रदर्शन गरे । दुई ओभरबाट खेलको शुरुवात गरेको उनले दोस्रो दिन ९ ओभर खेल्न पुगे । त्यस्तै उमेश नगरकोटी पनि दोस्रो दिन अघिल्लो दिनको खेल दोहो¥याउन भने सकेनन् । तीन ओभर खेलेका उनले दोस्रो दिन १० ओभर खेलेपछि स्कोर एकसय ५३ पुग्यो ।

हिमालयन गल्फ कोर्ष पोखराका गल्फर भुवन गुरुङ १५ ओभर खेल्दै दोस्रो दिन टुग्याएका छन्। उनले पहिलो दिन ९ र दोस्रो दिन ६ ओभर खेल्दै एकसय ५५ स्कोरको कार्डमा खेलिरहेका छन् । एमेच्योर तर्फको प्रतिस्पर्धामा भने हिमालयन गल्फ कोर्षका खेलाडी सन्जय सिकेले अग्रता लिईरहेका छन् । एमेच्योरका शीर्ष खेलाडी दिनेश प्रजापति भने तेस्रो स्थानमा छन्। उनले समग्रमा १३ ओभर खेलेका छन् । उनीस“गै हिमालयन गल्फ कोर्षका अरुण तामाङ पनि १३ ओभर खेल्दै समान स्कोरमा छन् । प्रजापतिले अघिल्लो दिन १० र दोस्रो दिन ३ ओभर खेलेका हुन् भने तामाङले पनि अघिल्लो दिन ९ र दोस्राृे दिन ४ ओभरमा खेल टुग्याएका थिए ।

भिडियो

http://www.youtube.com/watch?v=-ZgWwEXvWLI

कमेन्टहरु
Loading...