पोखरा । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशको अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा दिपेन्द्र श्रेष्ठ , नारायण प्रसाद शर्मा , एल. पी बञ्जरा र आर्जु विष्ट सल्यानीको उम्मेदवारी दर्ता भएको हो ।
प्रेस चौतारी समूह श्रेष्ठ प्यानलको उपाध्यक्ष खुलामा इन्द्र प्रसाद पौडेल , उपाध्यक्ष महिलामा शान्ति गुरुङ, महासचिव दिल शिरिष , सचिव खुला प्रकाशचन्द्र भट्टराई , सचिव समावेशीमा रुद्र श्रीष मगर , कोषाध्यक्षमा शालिकराम कोइराला छन् ।
यस्तै प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समुहको नेतृत्वको गठबन्धनबाट नारायण प्रसाद शर्मा उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट उपाध्यक्ष खुलामा दिपक भट्टराई , उपाध्यक्ष महिला सोनी शर्मा , महासचिव गोविन्द सुवेदी , सचिव खुला यदुनाथ बञ्जरा , सचिव समावेशी सुशिल बाबु श्रेष्ठ, कोषध्यक्षमा राजेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस सेन्टर निकट एल पि बञ्जाराले अध्यक्षमा , सेन्टर निकट माधव प्रसाद पनेरुले उपाध्यक्ष र युनियन निकट ॠषिकान्त पौडेलले सचिव खुलामा उम्मेदवारी दर्ता गराएका छन् ।
सागरराज तिमिल्सीनाले कोषध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।