नेपालमा थप १ सय ५२ जनालाई कोरोना

पोखरा । नेपालमा थप १ सय ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ७९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ४ हजार २ सय १३ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ६५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ ।

कमेन्टहरु
Loading...