पत्रकार महासंघको चुनावमा उध्यक्षको उमेद्वार शर्माको चुनावी अभियान कास्कीबाट सुरु

पोखरा । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा उध्यक्षको उमेद्वार निर्मला शर्माको चुनावी अभियान कास्कीबाट सुरु भएको छ । चुनावी अभियानको सुरुआतको पोखरामा आयोजित कार्यक्रममा शर्माले आफूहरु ऐतिहासिक चुनावी अभियानमा लागिरहेको बताएकी छिन् ।

शर्माले मतको आफूले रेडियो, टिभी, अनलाइन जस्ता विभिन्न मिडियामा काम गरेको र श्रमजीवि पत्रकारको समस्या आफूले बुझेको उनको भनाई छ । श्रमजीवि पत्रकारको मुद्दालाई सम्बोधन गर्ने आफू र आफ्नो समुहको पहिलो प्रयास हुने उनले कार्यक्रममार्फत् प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रेस स्वतन्त्रतालाई कसैले अंकुश लगाउने कोसिस गरेको अवस्थामा पत्रकार महासंघले अगुवा भूमिका खेलेको र त्यसलाई अझै बढी शसक्त बनाएर लैजाने उनले बताइन् ।

आफूले जितेको अवस्थामा व्यवसायिक पत्रकारितालाई महत्व दिने उनले बताएकी छिन् । अहिले पाइरहेको पारिश्रमिकलाई स्वतन्त्र रुपमा पाउने आधार बनाइने र पत्रकारितालाई पनि व्यवसायिक बनाउनेतर्फ आफ्नो ध्यान हुने उनलेको स्पष्टोक्ति थियो ।

कमेन्टहरु
Loading...