एमालेद्वारा नेता भुसाल तथा पाण्डे निलम्बित

काठमाडौं । नेकपा एमालेले पार्टीका नेता घनश्याम भुसाल तथा सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ ।

पार्टीले नेताद्वय पाण्डे तथा भुसाललाई ६ महिनाका लागि निलम्बन गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान विपरीत विभिन्न कार्य गर्दै आइरहेको भन्दै केही दिन अगाडि उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । नेता भुसाल तथा रावलले स्पष्टीकरण दिए पनि चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पार्टीको हित तथा विधान विपरीत लामो समयलेखि गुट तथा भेलाको आयोजना गरेको भन्दै एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित भुसाल तथा पाण्डेलाई स्पष्टकीरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएको भन्दै यस अगाडि पनि एमालेले नेता माधवकुमार नेपाल तथा भीम रावललाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

कमेन्टहरु
Loading...