पोखरा । नेपालमा थप १ सय ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । हाल नेपालमा १ हजार ४ सय ९३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ ला ७२ हजार ७ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप कसैले ज्यान गुमाएका छैनन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० रहेको छ ।