एमालेको नयाँ भवनमा नजाने निलम्बित नेता नेपालको घोषणा, आफ्नो समुहका लागि नयाँ भवन खोज्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले छुट्टै पार्टी कार्यालयको स्थापना गरेका छन् ।

विभिन्न समयमा बसेको उक्त समुहको बैठकबाट पार्टीमा नै बसेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध संघर्ष गर्ने निर्णय गरेका नेपालले आफ्नो अलग्गै कार्यालय स्थापना गरेको हो ।

नेकपा एमालेको पार्टी हाल धुम्बाराहीमा रहेको भए पनि थापाथली हाइटमा सार्न लागिएको छ ।

तर नेपाल समुह भने एमाले सर्न लागेको थापाथली हाइटमा नजाने भएको हो ।

एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले आफू पक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै आफूहरुका लागि छुट्टै केन्द्रीय कार्यालय खोज्ने काम जारी रहेको बताएका छन् ।

पार्टी सर्न लागेको थापाथलीको भन्दा सानदार घरको खोजी भइरहेको र कसैको नजरमा भए सुचना दिने उनले कार्यक्रममा नै आग्रह गरेका थिए । अब नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाइने बताउँदै उनले सबै जिल्लामा संगठन विस्तारलाई निरन्तरता दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कमेन्टहरु
Loading...