नेपाल र रावलमाथि भएको निर्णय पुर्वाग्रहपुर्ण भएको अखिलको ठहर

गन्थन डेस्क

अनेरास्ववियु (माधव नेपाल समूह)ले प्रधानमन्त्री केपी ओलीले पार्टीका २ नेतामाथि गरेको निर्णयको विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निष्काशित गरेको निर्णय ‘अवैधानिक, गुटगत र पुर्वाग्रहपुर्ण’ भएको अनेरास्ववियुले जनाएको छ । मंगलबार जारी विज्ञप्तीमा ओलीले चालेको कदमलाई धुन्दुकारीको संज्ञा दिइएको छ ।

यस्तै, अनेरास्ववियुले यही १० गते काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले १९ बुँदे प्रस्ताव पारित गरेको जनाएको छ । प्रस्तावमा पुष ५ को प्रतिगामी कदम विरुद्ध आन्दोलनरत सबैमा धन्यवाद व्यक्त गरिएको छ । भेलाले माध्यमिक तहसम्मको सम्पूण अभिभार राज्यले बेहोर्नुपर्ने जनाएको छ ।

यसैगरी, विद्यार्थीले यातायात सेवामा पाउँदै आएको ४५ प्रतिशत छूटलाई कडाइकासाथ कार्यान्वयन गर्नुपर्ने, शैक्षिक प्रमाणपत्रका आधारमा व्यावसायिक एवं शैक्षिक ऋण उपलब्ध गराउनु पर्ने, मन्टेश्वरीले उठाउँदै आएको चर्को शूल्क तुरुन्त बन्द गर्नुपर्ने प्रस्तावसमेत पारित गरेको छ ।

साथै, विगतमा विद्यार्थी र राज्यसँग भएको सम्झौता पुरा गर्नुपर्ने, राजनीतिक दलका नेता, मन्त्री, सांसद र सरकारी जागिरेले आफ्नो छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुपर्ने, सरकारी र सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको निशूल्क स्वास्थोपचार गर्नुपर्नेलगायतका प्रस्ताव पारित गरेको अनेरास्ववियुले जनाएको छ ।

विज्ञप्तीमा अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

कमेन्टहरु
Loading...