पोखरा । नेपालमा थप १ सय ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । हाल नेपालमा १ हजार ३ सय ९० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय १५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० रहेको छ ।