काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आज स्पष्टीकरणको जवाफ दिएका छन् ।
पार्टीको विधान विपरीत विभिन्न कार्य गरेको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता भुसालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेका थिए । सोही स्पष्टीकरणको जवाफ नेता भुसालले दिएका हुन् ।
स्पष्टीकरणको जवाफमा उनले पार्टी अध्यक्ष ओलीलाई व्यक्तिवादको नशाबाट ब्युँझिन आग्रह गरेका छन् । उनले पार्टी अध्यक्ष भए पनि ओलीले पार्टीको विधि, विधान, सामुहिकता, आदर्श लगायतका धरोहर भत्काएको आरोप लगाएका छन् ।
अब क्रान्ति कुनै पनि बेला हुन सक्ने र ओली दण्डित हुन सक्ने उनको भनाई छ । पार्टी अध्यक्ष ओलीले आफूलाई लगाएका आरोप निराधार तथा बनावटी भएको एमाले नेता भुसालले स्पष्ट पारेका छन् ।