पुनरावलोकन निवेदन दिने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दिने भएको छ । एमाले तथा माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतले खारेज गरेको विरुद्धमा माओवादी केन्द्रले आज सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिने भएको हो । सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्रको एकता प्रक्रियालाई बदर गरेर पुनः पहिलेको अवस्थामा ब्युँत्याइदिएको थियो ।

तत्कालीन समयमा एमाले तथा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो ।

उक्त पार्टीलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता प्रदान गरेको थियो । तर ऋषि कट्टेलले आफूले नेतृत्व गरेको पार्टी नेकपा निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

सोही विषयमा फैसला गर्दै गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले तथा माओवादी केन्द्रबीच भएको एकतालाई बदर गर्दै नेकपा नाम ऋषि कट्टेलको पार्टीको भएको फैसला गरेको थियो । न्यायधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त निर्णय गरेको हो ।

माओवादी केन्द्र सोही फैसलालाई लिएर असन्तुष्ट छ । सर्वोच्चदे रिट निवेदकको माग विपरीत एकता भंग गरेको भन्दै माओवादी केन्द्रका नेताले असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् ।

कमेन्टहरु
Loading...