काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेतासंग छलफल गर्ने भएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपालसहित उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने घोषणा गरेपछि आज उनले आफू निटक नेतासंग भेट गर्न लागेका हुन् ।
भेटका क्रममा नेता नेपालले अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेतासंग छलफल गर्ने बताइएको छ ।
आज दिउँसो १२ बजे नेता नेपालसहित, पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाल समुहका स्थायीस् कमिटीका सदस्यसंग छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।