थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि चुम्न सफल भएको हो ।
खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० गोल अन्तरको अग्रता दिलाएका थिए । बङ्गलादेशले खेलको ८२ औँ मिनेट एक गोल गरेको थियो ।
प्रतियोगितामा म्यान अफ दि म्याच बनेका नेपालका संजोग राईले २५० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
‘मस्ट भ्यालुएबल’ प्लेयर राोहित चन्दले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।