पोखरा । म्यानमारमा भएको सैनिक कु विरुद्ध पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा प्रर्दशन गरिएको छ ।
पोखरास्थित शहिद चोकमा दिउँसो ३ बजेदखी ४ बजेसम्म सञ्जालमा आवद्ध रहेका विभिन्न नागरिक संघ संगठनले प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।
कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल संयोजक विष्णु वरालले मानवअधिकारको सामान्य मुल्य मान्यतालाई समेत जनतामाथी गरिएको दमन विरुद्ध अन्तराष्ट्रिय रुपमा आवाज उठ्नुपर्ने बताए ।
महिला मानवअधिकार रक्षक सञ्जाल अध्यक्ष इन्द्र कुमारी शर्माले सैनिकबाट जनतामाथि गरिएको दमन कुनै पनि हिसाव स्विकार गर्न नसकिने बताइन् ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले म्यानमारको सैनिक सरकारलाई मानवअधिकारको सम्मान गर्न आग्रह गरे ।
मानवअधिकारको सम्मान गर , म्यानमारमा मानवअधिकारको रक्षा गर जस्ता प्ले कार्ड सहित शान्तिका लागि नागरिक समाजमा आवद्ध इन्सेक,कोपिला नेपाल,चिल्ड्रेन नेपाल , महिला मानवअधिकार रक्षक सञ्जाल , इम्नेष्टी इन्टरनेशनल र गैरसरकारी संस्था महासंघ कास्कीले प्रर्दशन गरेका थिए ।