एमालेको कारबाही : माधव नेपाल र डा.भीम रावललाई ६ महिना निलम्बन

काठमाडौं ।  नेकपा एमालेले नेता माधव नेपाल र डा भीम रावलाई निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।

ओलीले नेता नेपाललाई पठाएको पत्रमा पार्टीका कुभलो चिताउनेसंग निरन्तर भेटघाट र भ्रम फिजाएर कार्यकर्ता फसाउने गरेको भन्दै पार्टीको बिधान २०४९ को (संशोधन ७१ समेत) को धारा ‘४९’ को (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

कमेन्टहरु
Loading...