गृहमन्त्री थापाको नेतृत्वमा रेशम चौधरीको विषयमा छलफल गर्न टोली गठन

काठमाडौं । थारु कल्याणकारी सभासंग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोली गठन गरेको छ ।

थारुवान् संयुक्त संघर्ष समिति, थारु कल्याणकारी सभा तथा केन्द्रीय आन्दोलन परिचालन समितिले सरकार समक्ष राखेका विभिन्न १९ बुँदे मागलाई सम्बोधन गर्न गृहमन्त्री बादलको नेतृत्वको सरकारले वार्ता समिति गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले आज जानकारी दिएका हुन् । उक्त टोलीमा गृहमन्त्री बादलसहित पूर्व सांसद भगवती चौधरी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेका छन् ।

टोलीले आजबाट नै सम्बन्धित सभासंग वार्ताको सुरुआत गर्ने प्रवक्ता गुरुङले बताएका छन् । टीकारपुर काण्डमा संलग्न भएको ठहर भए पछि आजीवन जेल सजाय तोकिएका रेशम चौधरीको रिहाईलाई मुख्य माग बनाइएको भए पनि अन्य विभिन्न मागका विषयमा समेत छलफल हुने बताइएको छ ।

कमेन्टहरु
Loading...