पोखरा । कास्कीमा थप ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा माछापुच्छ«े गाउँपालिकामा १ जना तथा पोखरा ३१ सहित कास्कीमा ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
माछापुच्छ«े गाउँपालिका वडा नम्बर ४ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६३ वर्षीय १ जना महिलासहित २५ र ४० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ मा ४५ वर्षीय १ जना पुरुष, १० मा ३८ वर्षीय १ जना पुरुष, १४ मा ३३ वर्षीय १ जना महिला तथा १५ मा ५४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना पुरुषसहित ४३ र ५४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको को छ । सो वडामा ५४ वर्षीय १ जना महिलासहित ६४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ३४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा २७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २९ मा १८ वर्षीय १ जना किशोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी आज पोखरा महानगरपालिका वडा नम्बर ३० मा कोरोना भाइरस संक्रमित भेटिएका छन् । सो वडामा २७ वर्षीय २ जना, ३८, ४०, ४२ वर्षीय २ जना र ७२ वर्षीय १ जनासहित ७ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही वडामा ३४, ३५, ५०, ७२ र ८३ वर्षीय ५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला पर्वतमा ५ जना, बाग्लुङमा ६ जना तथा म्याग्दीमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय २५ पुगेको छ ।