बाग्लुङको घटना योजनाबद्ध हो, दोषीलाई पक्राउ गरेर कारवाही गर्नुपर्छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङमा होली खेल्ने क्रममा भएको घटना अत्यन्तै अमानवीय तथा निन्दनीय भएको बताउँदै घटनामा संलग्न दोषीलाई जति सक्दो छिटो पक्राउ गरेर आवश्यक कारवाही गर्न माग गरेको छ ।

होली खेल्ने मेलामा आइतबार बाग्लुङ, गुल्मी तथा प्युठानसंगको सीमाना बल्देधुरीमा जम्मा भएका युवाको २ वटा समुहबीच झडप हुँदा जिल्लाको निसीखोला गाउँपालिकाका ३४ वर्षीय दीपक दमाई तथा ३६ वर्षीय प्रकाश कुँवरको ज्यान गएको थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा घटना योजनाबद्ध तथा षड्यन्त्रपूर्ण तरिकाले भएकाले दोषीलाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरिएको छ । ‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ ।’ शर्माद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा २ युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’

कमेन्टहरु
Loading...