काठमाडौं । चीनले प्रदान गरेको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुगेको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाजबाट आज बिहान नेपाललाई चीन सरकारले अनुदान स्परुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान नेपाल आइपुगेको हो । उक्त खोपलाई नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य थगा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा नै हस्तान्तरण गरेकी छिन् ।
आइतबार कोरोना भाइरसविरुद्धको खोप लिन निगमको उक्त जहाज चीनको राजधानी बेइजिङ गएको थियो ।
सोही जहाज खोप लिएर आज बिहान विमानस्थल आइपुगेको हो । नेपाललाई चीन सरकारले ‘भेरासेल’ खोप उपलब्ध गराएको हो । चीनले सिनोभ्याक बायोटेकले उत्पादन गरेको ८ लाख डोज खोप उपलब्ध गराएको हो । यो खोप २ मात्रामा लगाउनुपर्ने बताइएको छ ।
नेपालमा यसभन्दा अगाडि प्रयोग हुँदै आएको कोभिसिल्डभन्दा महंगो यो खोपलाई पर्छ । परीक्षण गर्दा समेत नेपालले प्रयोग गर्दै आएको कोभिसिल्डभन्दा प्रभावकारी देखिएको अधिकारीहरुले बताएका छन् ।