काठमाडौं । सिके राउतलाई अबको ३५ दिनभित्र अदालतमा हाजिर हुन नवलपरासी जिल्ला अदालतले सुचना जारी गरेको छ ।
जिल्ला अदालत नवलपरासीले राज्यविरुद्धको संगठित कसुरमा सिके राउत भनिने डा.चन्द्रकान्त राउतलाई अबको ३५ दिनभित्र हाजिर हुन भन्दै आज सुचना जारी गरेको हो ।
राउत रौतहटको महादेव गाउँपालिका वडा नम्बर २ का हुन् । उनी हाल जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ मा डेरामा बस्दै आएका छन् । आफ्नो प्रमाण तथा सबुतसहित बाटाको बाहेक म्याद ३५ अदालतमा हाजिर हुन सुचनामा निर्देशन दिइएको छ । तोकिएको समय सीमाभित्र जिल्ला अदालत नवलपरासीमा उपस्थित नभएको खण्डमा कानुन अनुसार कारवाही हुने सुचनामार्फत् जनाइएको छ ।
जनमत पार्टीका प्रमुख रहेका राउतसहित उनको समुह २०७५ साल फागुन २४ गते सरकारसंग विभिन्न ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा प्रवेश गरेका थियो ।