पत्रकार महासङ्घको महाधिवेशन :अध्यक्षमा शर्मा र सचिवमा पोखराका ज्ञवालीको उम्मेदवारी

नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन्

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी हुन्

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदैछ ।

कमेन्टहरु
Loading...