सेनेरिटीमा शिव सेनाको भेला: पोखरा महानगर अध्यक्षमा प्रताप मल्ल

पोखरा । पोखरा महानगरपालिका शिब सेना नेपालको अध्यक्षमा प्रताप मल्ल चयन भएका छन् ।

यस्तै कार्यसमितिको प्रथम उपाध्यक्ष गौरब घमाल द्वितिय उपाध्यक्ष राजन मल्ल ठकुरी ,कोषध्यक्ष रोहित क्षेत्री सह कोषाध्यक्ष निमसाङ्ग राई सचिब आकाश कुमार भट्ट ,सह सचीव सचिन पौडेल चयन भएका छन् ।

सदस्यमा पर्बिक क्षेत्री, लजिब श्रीस , सन्जय पौडेल , मिलन बराल , बिजय थापा, रोशन क्षेत्री , अमृत खनाल , सौरब गुरुङ , सुजित पध्या, राहुल भदगामी , कृष्ण थापा ,रुपेश पुन , समीर बिक , गौरब मगर रहेका छन ।

पोखरा महानगरपालिका शिब सेना नेपालले चियापान र भाबी योजना कार्यक्रम गर्दै कार्यसमिति चयन गरेको हो ।

शिव सेना कास्कीका कार्यकारी अध्यक्ष प्रदीप खड्गीको उपस्थितीमा भएको कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष मल्लले कार्यलयको स्थापना संगै आफ्नो जिम्मेवारी अगाडि बढाउने बताए ।

उनले राज संस्था लाई पुनःस्थापन, हिन्दु अधिराज्यको बिषयमा जोडदार आवाज उठाउने बताए ।

लेकसाइड स्थित होटल सेनेरिटीमा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले कुशल समाज निर्माणमा शिवसेनाले सहभागिता जनाउने भनाइ राखे ।

कमेन्टहरु
Loading...