काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताएका हुन् ।
सभामुख सापकोटाले ठूला–ठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए ।
सभामुख सापकोटाले संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार गरे । तर, राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला समस्याहरूको समाधान गरेको उनको भनाइ छ ।