पोखरा । पोखरा महानगरपालिका वडा न १ का वडा अध्यक्ष शारदा पराजुलीले त्रिशक्ति समाज सेवा क्लबले संकटको समयमा आफ्नो भार कम गरेको बताईन् । शनिबार सुरेश केशी स्मृतिको अवसार पारेर आयोजना भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले समस्याको बखत सहयोग गर्ने संस्था त्रिशक्ति भएको जानकारी दिईन् ।
उक्त संस्थाले कोभिडको समयमा आर्थिक समस्या भएकाहरुलाई राहत दिएको भन्दै क्लबको प्रशंसा गरेकी छिन् । २०५० सालमा स्थापना भएको क्लब अहिलेसम्म आइपुग्दा विभिन्न सामाजिक क्रियाकलाप देखि लिएर खेलकुद जस्ता कार्यक्रम आयोजना गरेको क्लबका वर्तमान अध्यक्ष शिव केसिले जानकारी दिए । आफू स्थापनाकाल देखिनै यस संस्थामा काम गरेको २७ वर्षिय अनुभव सुनाउदै क्लबको मुख्य उदेश्य नै युवाहरुलाइ कुलतबाट जोगाउन रहेको जिकिर गरे ।
यसैगरि रक्तदान गरेका मिलन गुरुङले यो आफ्नो दोश्रो अनुभव रहेको बताए । पहिलो पटक पिएन क्याम्पसमा रक्तदान गरेको बताउदै गुरुङले १६ बर्ष पछि अहिले आफ्नै क्लबले आयोजना गरेको हुँदा रक्तदान गरेको बताए । रक्तदान गर्दा आफूलै स्वस्थ्यमा असर नपरी झन स्वस्थ्य रहने बताउदै सबैलाई दान गर्न आहवन गरेको छन् ।
त्यस्तै गारी शनिबार आयोजना भएको कार्यक्रममा ४७ युनिट रगत संकलन गरेको बताउदै आयोजक कमिटिले समय परिस्थिति हेरि पुन यस्तो कार्यक्रम आयोजना गर्ने बताए ।