एमाले एकढिक्का भएर चल्ने सम्भावना कम छः नेता खनाल

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकढिक्का भएर चल्ने सम्भावना कम भएको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आह्वान गरेको बैठकमा बोल्दै नेता खनालले ओलीले एकलौटी तरिकाले गरेका विभिन्न निर्णय फिर्ता नलिए एमाले फेरी पनि पहिलेको जस्तै एक भएर अगाडि बढ्न नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा उनले जेठ २ गतेको स्थितिमा पुग्न ओलीले योभन्दा अगाडि गरिएका निर्णय फिर्ता लिनुपर्ने बताएका हुन् । आफ्नो भनाई राखेर नेता खनाल बैठकस्थलबा बाहिरिएका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय अन्य सांसद भने छन् ।

कमेन्टहरु
Loading...