प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं । सरकारले नियुक्त गरेका प्रदेश १ का मन्त्रीले सपथ खाएका छन् ।

उक्त प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङसहित सामाजिक विकासमन्त्री उषाकला राई, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले आज सपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्री राजकुमार झा तथा कृषि राज्यमन्त्री कला घलेले पनि आजै सपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीलाई तथा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।

कमेन्टहरु
Loading...