प्रदेशको १ को मन्त्रिपरिषद् विस्तार, माओवादी त्यागेर एमालेमा प्रवेश गरेका आङबोहाङ अर्थमन्त्री चयन

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

प्रदेश १ मा प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । उनी सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्र ब्युँत्याउने प्रयास गरेपछि माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थिए ।

अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री भएका छन् । उनी योभन्दा अगाडि राज्यमन्त्री थिए । त्यस्तै मोरङका राजकुमार ओझा तथा उदयपुरकी कला घले राज्यमन्त्री बनेका छन् । ओझा तथा घले दुवै जना नयाँ अनुहार हुन् ।

त्यस्तै उषाकला राईलाई उक्त प्रदेशको सामाजिक विकास मन्त्रीका रुपमा चयन गरिएको छ । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री भएकाको आजै सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

कमेन्टहरु
Loading...