गण्डकी लोसेआका अध्यक्ष र सदस्यले शपथ लिए, अझै एक सदस्य रिक्त

 

दिपक के श्रेष्ठ

गण्डकी प्रदेश अन्तरगत लोकसेवा आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्साललाई बुधबार सपथ ग्रहण गराइएको छ ।

नेपाल र लम्साललाई उच्चअदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथपछि अध्यक्ष नेपाल र सदस्य लम्सालले पदबहाली गरेका छन् । आयोगको कार्यालय मुस्ताङचोकमा रहेको छ ।

प्रदेश सरकारले आयोगलाई पुर्णता दिन थप १ सदस्य चयन गर्न बाँकी छ । हाल चयन भएकामध्ये नेपाल प्रदेश सरकारको सचिवबाट हालै अवकाश पाएका हुन् भने लम्साल आदिकवि भानुभक्त क्याम्पस, दमौलीकी सहायक क्याम्पस प्रमुख हुन् ।

प्रदेश सरकारले ०७६ साउनमा आयोग गठनसम्बन्धी ऐन निर्माण गरेको हो । यसअघि आइतबार तय गरिएको शपथ ग्रहण कार्यक्रम सर्वाेच्चकी न्यायाधीश सपना प्रधान मल्ल निरीक्षणमा आउँदा रोकिएको थियो ।

कमेन्टहरु
Loading...