स्पष्टीकरणको जवाफ सार्वजनिक रुपमा दिने एमाले नेपाल समुहको तयारी

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा एमालेका ४ जना सांसदलाई स्पष्टीकरण सोधिएको उनीहरुले जवाफ दिने तयारी गरेका छन् । पार्टीका वरिष्ठ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई पार्टीको विघान उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमो समय सीमा आज सकिंदै छ ।

एमालेका वरिष्ठ नेता नेपाल पक्षमा मानिने नेता सुरेन्द्र पाण्डेले आफूहरुले स्पष्टीकरणको जवाफ दिए पनि पार्टी कार्यालयमा भने नबुझाइने बताएका छन् । सार्वजनिक रुपमा नै जवाफ दिने तयारी भइरहेको र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग पनि स्पष्टीकरण सोध्ने निर्णय भएको नेता पाण्डेले बताएका छन् ।

कमेन्टहरु
Loading...