नेपाल-खनाल अखिलको केन्द्रीय सचिवमा राजन शर्मा

पोखरा । अनेरास्ववियुको राष्ट्रिय भेलाबाट विद्यार्थी नेता राजन शर्मा पराजुली सचिव पदमा चयन भएका छन् ।

माधव कुमार नेपाल तथा झलनाथ खनाल नेतृत्वको नेकपा एमाले समूहले अनेरास्ववियुको समानान्तर कमिटी अन्तरगत शर्मालाई सचिव पदमा चयन गरेको हो । शर्मा विगत १२ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लाग्दै आएका छन् ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्र एकताको नेकपाका केन्द्रीय सदस्य समेत रहेका थिए । पुरानो स्थायी ठेगाना पर्वत भएपनि हाल बसोबास कास्कीमै रहेको छ । उनी विद्यार्थी राजनीतिमा खरो रुपमा प्रस्तुत हुने नेता मध्येका एक हुन् ।

शर्मा सहित भेलाले अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली, सह अध्यक्षमा वसिम आलम, महासचिवमा आरती लामा र उपाध्यक्षमा दिपेश प्रसाई, यसु लामा, हिरेन्द्र शाही, लोकेश निरौला, माधव पन्थ, केशरी रेग्मी, सुदिप शर्मा, युवराज कुँवर, कल्पना थापा चयन गरेको छ ।

काठमाडौंमा आयोजना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेलाले ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

कमेन्टहरु
Loading...