प्रदेश १ का मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल पक्ष सहमत

विराटनगर । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन तयार भएको छ । नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएसंगै उनको पद पनि जोगिएको छ । संसदीय दलको आज बसेको बैठकमा प्रदेशसभाका नेपाल पक्षीय सदस्य समेत सहभागी भएका थिए ।

नेपाल पक्षका नेचता राजेन्द्र राईले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिताए लिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्ष सहमत भएको बताएका छन् ।

उनका अनुसार बैठकमा नेपाल पक्षका २ जना सांसद बैठकमा सहभागी भएका थिए ।

कमेन्टहरु
Loading...