नेपालमा थप १ सय ८८ जनालाई कोरोना

पोखरा । नेपालमा थप १ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । हाल नेपालमा १ हजार १ सय २८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ४ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट कसैले ज्यान गुमाएका छैनन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ रहेको छ ।

कमेन्टहरु
Loading...