विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताएका छन् । सरकारको नेतृत्व गर्न हतार नभए पनि जिम्मेवारी आएको अवस्थामा भने पछाडि हट्न नहुने सभापति दउवाको भनाई थियो ।
कांग्रेस सभापति देउवा आज पार्टीका दिवंगत नेता अशोक कोइरालाको परिवारलाई भेट्न विराटनगर पुगेका थिए । सोही क्रममा उनले सञ्चारकर्मीसंग कुरा गर्दै सरकार सरकारमा जान हतार नभएको स्पष्ट पारेका हुन् । विमानस्थलमा नै भेला भएका सञ्चारकर्मीले देउवासंग प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कहिले आउँछ, सरकारमा सहभागी कहिले हुने लगायतका प्र्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिंदै उनले नेपाली कांग्रेस विपक्षी दल भएको बताए ।
प्रधानमन्त्री ओली नेृतत्वको सरकारलाई समर्थन गर्ने हो कि भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा भने कांग्रेस सभापति देउवा रिसाएका थिए । ‘विपक्षी पार्टी भनेको सुन्नुभएन ?’ उनले रिसाएर झोंक्किदै भने ।