काठमाडौं । नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतले सुनाएको नेकपा खारेज गर्ने निर्णयविरुद्ध पुनरावलोकनमा जाने भएको छ । आज सिंहदरबारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले सुनाएको नेकपा खारेज गर्ने निर्णयविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको हो । यस्तै बैठकले सर्वोच्च अदालतले फागुन २३ गते माओवादी केन्द्र तथा नेकपा एमालेलाई ब्युँत्याउने गरेर सुनाएको फैसलालाई पुनरावलोकन गरी नेकपा नै फर्काउन समेत माग गर्ने भएको छ ।
