काठमाडौं । माओवादी केन्द्रले आज कानुनविदसंग परामर्श गरेको छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्ने सन्दर्भमा माओवादी केन्द्रले कानुनविदसंग आज परामर्श गरेको हो । छलफलका क्रममा आफूहरुले माओवादी केन्द्रलाई सर्वोच्चको अदालतका विषयमा पुनरावलोकनमा जाँदा नै उचित हुने सुझाव दिएको कानुनविद् समेत रहेका नेता रामनारायण बिराडीले जानकारी दिएका छन् ।
फागुन २३ गते सर्वोच्चले आफूहरुको पार्टीलाई २ भागमा विभाजन गरिदिएको र अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको बिडारीले बताएका छन् । बैठकका क्रममा नेपालमा यस अगाडि पनि प्रेरणा राज्यदेवी शाहको जग्गा मुद्दा, लोकमानसिंह कार्कीको फैसला लगायतका मुद्दामा समीक्षा भएको भन्दै तत्कालीन नेकपाको एकता भंग भएको विषयमा पनि पुनरावलोकनमा जान सकिने कानुनविदले माओवादी केन्द्रलाई सुझाव दिएका थिए ।
बैठकमा कानुनविद् तथा नेता बिडारीसहित मुक्ति प्रधान, सम्भु थापा लगायत सहभागी थिए ।