काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तु गर्ने कार्यक्रम तय भएको बताइएको छ । संसद सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने सम्भावना पनि उत्तिकै छ ।
