नेपालमा तत्काल लकडाउन गर्ने योजना छैनः कोभिड १९ संकट व्यवस्थापन केन्द्र

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपालमा तत्कालै लकडाउन गर्ने कुनै योजना नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले स्पष्ट पारेको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणको दर वृद्धि भएसंगै नेपालमा त्यसको जोखिम न्युनीकरणका लागि विभिन्न उपाए अपनाउने तयारी भए पनि तत्काल लकडाउने गर्ने कुनै योजना नभएको सिसिएमसीका सदस्य सागर दाहालले जानकारी दिएका हुन् । दाहालका अनुसार कोरोना संक्रमणको जोखिमलाई न्युनीकरण गर्न नेपालमा विभिन्न उपाए भने अपनाइने भएको छ ।

नेपालमा हाल विशेष गरेर भारतसंग सीमा जोडिकएका जिल्लामा संक्रमणको उच्च जोखिम छ । प्रदेश १ को भारतसंग सीमा जोडिएको राजधानी विराटनगरमा भारतबाट आएका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनीहरु ४ जनालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

विराटनगरमा भारतबाट पछिल्लो समय नेपाल आएका ४ जनालाई कोरोना संक्रमण पुष्टि भए पछि स्वास्थ्य मन्त्रालयले हिजो आइतबारदेखि नै सीमा नाकामा कडाई गर्न निर्देशन दिएको थियो । सीमामा आवश्यक स्वास्थ्य जाँच गर्न मन्त्रालयले निर्देशन दिएको हो । त्यस्तै हेल्थ डेस्कलाई क्वारेन्टिनको व्यवस्था मिलाउन पनि स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइसकेको छ ।

हरेक स्थानीय तहलाई पनि स्वास्थ्य जाँचमा कडाई गर्न मन्त्रालयले भनेको छ । कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै देशैभरीका अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...