काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले लाजमर्दो तरिकाले राजनीति गरिरहेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले केही दिन अगाडिसम्म एउटै पार्टीमा संगै काम गरेका तथा २ पटकसम्म नेपालको प्रधानमन्त्री समेत भइसकेका प्रचण्डले लाजमर्दो राजनीति गरेको आरोप लगाएका हुन् ।
राप्रपा अध्यक्ष थापाले प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई वर्षौंदेखि विदेशीबाट पोषित एजेन्टको आरोप लगाउँदा आफूलाई आश्चर्य लागेको उनको भनाई छ ।
यस्ता गम्भीर आरोप लगाउने तर पार्टीले दिएको समर्थन फिर्ता नलिनु लाजमर्दो राजनीति भएको उनले बताएका छन् ।
‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
