काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
वरिष्ठ नेता नेपालसहित नेता घनश्याम भुसाल, भीम रावल तथा सुरेन्द्र पाण्डेलाई एमालेले स्पष्टीकरण सोधेको पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् । नेपालसहितका ४ जना नेताको घरमा स्पष्टीकरण पु¥याइएको एमालेको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।
पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले ४ जना नेताको घरमा नै स्पष्टीकरण पु¥याएका हुन् । पार्टी कार्यालयका सचिव रिजालका अनुसार ४ जना नेताको स्वकीय सचिवलाई स्पष्टीकरण पत्र थमाइएको छ । नेपालसहितका नेतालाई पार्टीको हितविरुद्ध तथा विपरीत गएर विभिन्न गतिविधि गरेको भन्दै नेकपा एमालेले ३ दिने स्पष्टीकरण सोधिएको पार्टी महासचिव पोखरेल निकट स्रोतले जानकारी दिएको छ ।
एमाले केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेतासंग पार्टीको हितविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट केन्द्रीय सदस्य सहभागी थिए ।
फागुन २८ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा ओली पक्षीय नेताले एकलौटी निर्णय गरेको, मनपरी तरिकाले केन्द्रीय सदस्य थप गरेको तथा पार्टीको विधान संशोधन गरेको भन्दै माधव नेपाल पक्षले विरोध जनाएको थियो ।
शनिबारको बैठक पनि उक्त समुहले बहिस्कार गरेका थिए ।