श्रीमान् सपना आउँदा रोकियो प्रदेश लोकेसेवा आयोगकाे सपथ ग्रहण

 

दिपक के श्रेष्ठ

गण्डकी प्रदेश सरकारले लोकसेवा आयोगमा २ जना पदाधिकारी चयन गरेपछि आइतबार तय गरिएको शपथ ग्रहण कार्यक्रम रोकिएको छ ।

प्रदेश सरकारले आयोगका अध्यक्षमा विष्णुप्रसाद नेपाल र सदस्यमा कल्पना लम्साललाई सिफारिश गरेको छ सिफारिश गरिएका पदाधिकारीलाई उच्च अदालतका मूख्य न्यायाधीशले शपथ ग्रहण गराउनु पर्ने प्रावधान रहेको छ ।

प्रदेश सरकारले आइतबार उनीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको थियो । सोही दिन बिहान सर्वाेच्च अदालतका  न्यायाधीश सपना प्रधान मल्ल पोखरा आएपछि शपथ ग्रहण कार्यक्रम रोकिएको छ ।

न्यायाधीश मल्ल गण्डकी प्रदेश अन्तरगतको अदालतको निरीक्षण गर्न यहाँ आएकी हुन् । सर्वाेच्चबाट न्यायाधीश निरीक्षणमा निस्किएपछि उच्च अदालतका मूख्य न्यायाधीश रमेश पोखरेल मल्लसँगै दौडाहामा निस्कँदा शपथ कार्यक्रम रोकिएको हो ।

 

सर्वोच्च अदालतबाट निरिक्षणको क्रममा उच्च अदालत पोखरामा आउँदा सलामी ग्रहण गर्दै न्यायाधीश सपना प्रधान मल्ल ।

 

न्यायाधीशद्वय हाल तनहुँ, गोर्खा र लमजुङको निरीक्षणमा रहेको उच्च अदालत पोखराका उपरजिष्ट्रार विश्वनाथ अर्यालले जानकारी दिएका छन् । ‘आइतबार शपथ कार्यक्रम राखिएको हो, तर सर्वाेच्चबाट श्रीमान् सपना प्रधान मल्ल निरीक्षणमा निस्कनुभएकाले सोही दिन उहाँहरु तनहुँ जानुभयो’ अर्यालले भने ‘तीन जिल्लाको निरीक्षणपछि उहाँहरु ११ गते फर्कनु हुनेछ ।’

निरीक्षणबाट फर्केपछि प्रदेश सरकारको योजनाअनुसार आयोगका पदाधिकारीको शपथ ग्रहणको तयारी हुनेछ । प्रदेश सरकारले आयोगलाई पुर्णता दिन थप १ सदस्य चयन गर्न बाँकी छ ।

हाल चयन भएकामध्ये नेपाल प्रदेश सरकारको सचिवबाट हालै अवकाश पाएका हुन् भने लम्साल आदिकवि भानुभक्त क्याम्पस, दमौलीकी सहायक क्याम्पस प्रमुख हुन् ।

प्रदेश सरकारले ०७६ साउनमा आयोग गठनसम्बन्धी ऐन निर्माण गरेको हो ।

 

 

कमेन्टहरु
Loading...