पर्यटन प्रर्वद्धन गर्न तनहुँसुरमा तीन दिन मेला

तनहुँ संवादाता ।  पर्यटन प्रवर्द्धन गर्न तनहुँसुरमा मेला लाग्ने भएको छ ।

व्यास नगरपालिका वडा नम्वर ११ स्थित तनहुँसुर एैतिहासिक एवम् पर्यटकीय ठाउँ भएकाले त्यस क्षेत्रको प्रचारप्रसार गर्न आगामी वैशाख ५ देखि ७ सम्म मेला लाग्ने भएको हो ।

तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला आयोजना गर्न लागिएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।

उनले आइतबार दमौलीमा पत्रकार सम्मेलन गर्दै मेलाको बारेमा जानकारी गराएका हुन् । मेलामा खाना महोत्सब समेत हुनेछ भने स्थानीय उत्पादन भएका वस्तुको परिकारबाट बनेका परिकारको स्वाद पाउनालाई खुवाइनेछ ।

त्यस्तै मेलामा मावि स्तरिय वक्तृत्वकला प्रतियोगितासमेत संचालन गरिनेछ ।

पछिल्लो समय तनहुँसुरमा युवापिँढीहरु वजार झर्नेक्रम बढ्दै गएको र गाउँमा वृद्ध बाबाआमा मात्रै भएकाले पनि त्यहाँको विकासमा जोड दिनुपर्ने स्थानीयबासीको माग छ ।

मेयर बैकुण्ठ न्यौपानले तनहुँसुर ऐतिहासिक ठाउँ भएकाले त्यहाँको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तनहुँसुर मेला अवलोकनका लागि आएका पाहुनाहरुले दरबारका अवसेस, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा हातहतियार गद्धीचौतरालगायतका महत्वपुर्ण वस्तुहरुको अवलोकन गर्न पाउँनेछन् ।

कमेन्टहरु
Loading...