महानगर जोड्ने कनेक्टिङ रोड कति सम्पन्न भए ?

गन्थन डेस्क । पोखरा महानगरको सबै वडालाई महानगर केन्द्रसँग जोड्ने अवधारणा सहित महानगरले ल्याएको कनेक्टिङ रोडको अवधारणका केही आयोजना सम्पन्न भएको छ ।

भूगोल र ग्रामीण भेगसहित मुलुककै ठूलो महानगर पोखराका वडा नम्बर १८, २३, १३, २४ मा केन्दसँग जोड्ने कनेक्टिङ रोडको निर्माण कार्य सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर राजु रेग्मीका अनुसार पोखराका वडा नम्बर २६, २८, ३१, २०, २१, २३, ३३, २२, मा निर्माण र स्तरोंन्नती कार्य भइरहेको छ ।

कोरोना र लकडाउनका कारण केही समय प्रभावमा परेको निर्माणकार्यले पुनः गति लिएको उनले जानकारी दिए ।

‘लकडाउनका समयमा आवश्यक साम्रागी र मजदूर नपाएर काममा प्रभाव परेको थियो’ उनले भने,‘अहिले भने त्यस्तो काममा समस्या वा प्रभाव परेको छैन ।’

‘विकटलाई निकट’ बनाउने लक्ष्य सहित महानगरले ल्याएको आयोजनाको सूरुआतको वर्षमा केन्द्र जोड्ने २७ वटा सडकलाई ठेक्का प्रदान गरिएको थियो । यद्यपी अहिलेको समय भने महानगर जोड्ने सडक सम्पूर्णलाई समेट्ने कोशिस महानगरको छ ।

‘दूरदराजको वडालाई महानगरसँगको जोड्ने हाम्रो प्राथमिकता हो’ रेग्मीले भने,‘त्यसैले अहिलेको समयमा केन्द्र जोड्ने योजना अनुसार हरेक वडामा पूर्वाधार निर्माण भइरहेको छ ।’

महानगरले हालसम्म पश्चिम तर्फ वडा नम्बर २२ को तिलाहार तारेभिर सडक कालोपत्रे गरी सिदरदार्थ राजमार्गसँग पहुँच विस्तारको कार्य अघि बढाएको छ । त्यस्तै वडा नम्बर २३ कात्रे बाम्दी घाटछिना सडक, वडा नम्बर १८ खपौदी पदेली, वडा २४ पामे वडा कार्यालय, आम्कूना चिलिमडाँडा सिलचौर गुन्टेचौर लगायताका सडक सुधार गरेको छ ।

यस्तै वडा नम्बर १८, २४ र अन्नपूर्ण गाउँपालिकालाई मध्य भागबाट बाग्लुङ बसपार्क सराङ्कोट कास्कीकोट ढिकुरपोखरी सडकको स्तरोन्नती कार्य भइरहेको छ ।

यता वडा नम्बर १८, २४ र अन्नपूण्र्न गाउँपालिकालाई उच्च भागबाट जोड्ने विन्ध्यवासिनी सराङ्कोट कास्कीकोट नौंडाडा सडकको कालोपत्रे कार्य भइरहेको छ ।

महानगरले वडा १३ मा काहुँखोला पैर्होपानी गाउँ सडक कालोपत्रेको कार्य अगाडी बढाएको छ ।

यस्तै वडा नम्बर २० को महानगर केन्द्रसंगको पहुँच सुधारको लागि भलाम रयालेचौर मौजा सडक र पोखरा १६ र २० जोड्ने मदन आश्रित मार्गको स्तरोन्तीको कार्य गरिरहेको छ ।

महानगरले साबिक लेखनाथ नगरपालिकाभित्रको पहुँच विस्तारका लागि समेत खत्री पहरो खोलाबेसी सौर्य सडक मोहरीया स्याङ्खुदी सौर्य, लेखनाथ शिरोमणि मार्ग, आरुपाटा कालिका, स्याङ्खुदी लौसीडाडा बेगनास सडक स्तरोन्नती गरिरहेको छ ।

विजयपूर काफलघारी कालिका सडक, झाझर मारे देउमाडी, कालीका थुमाकोडाडा सडक निर्माण चरणमै छन् ।

महानगरले उत्तर तर्फ वडा नम्बर १६ मा चितेपानी रैकर माछापुच्छ्रे गाउँपालिका सडकमा महेन्द्रगुफा अर्मलाकोट, घार्मीखोला जुम्लेटी सुडाकोमुख सडक केन्द्रसँग जोड्ने हेतुले स्तोन्नती गरिरहेको छ ।

पोखरा महानगरले ३३ वटै वडासँग महानगर केन्द्र जोड्न यस आवमा ८१ करोड ६६ लाख बजेट विनियोजन गरेको छ ।

फाइल तस्बिर ।

कमेन्टहरु
Loading...