काठमाडौं । सरकारले स्वास्थ्य उपचारका लागि दिने भनेको १० लाख सहयोग नलिने नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले घोषणा गरेको छ । केही दिन अगाडि मस्तिष्कघात भएर उपचाररत् रहेका जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारले घोषणा गरेको थियो । तर परिवारले उक्त सहयोग विपन्न वर्गको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गर्दै सरकारले दिने भनेको १० लाख सहयोग रकम नलिने घोषणा गरेको नेता जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिएका छन् ।
सरकारले नेता जोशीलाई सम्मान गर्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै उपचारको अभावमा विपन्न व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त सहयोग त्यस्ता व्यक्तिलाई प्रदान गर्न परिवारले आग्रह गरेको छ ।