काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टी एक्लैले प्रयास गर्दैमा उनलाई प्रधानमन्त्री पदबाट हटाउन नसक्ने बताएका छन् ।
आज बिहान चाक्सीबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा माओवादी केन्द्रले स्पष्ट खाका ल्याएमा मात्र सम्भव हुने उनले बताएका हुन् ।
नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्नेमा नदिएपछि हटाउनुपर्ने बाध्यता आएको उनले कार्यक्रममा बताएका छन् ।
सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिएको र जसपाले पनि सरकार समीकरणका विषयमा स्पष्ट धारणा बनाउन नसकिरहेको अवस्थामा नेपाली कांग्रेस एक्लैले सरकारको विकल्प दिन नसक्ने उनको भनाई थियो ।